सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

रानाकाे हत्य प्रकरणमा संलगन एक जनालाई सार्वजनिक

रानाकाे हत्य प्रकरणमा संलगन एक जनालाई सार्वजनिक

धनगढी,२० फागुन ।

कैलालीको गोदावरी नगरपालिका– ५ बस्ने शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ। सोही ठाउँ बस्ने ती युवतीले बयानका क्रममा रानाले आफुलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन्।

उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साथै हत्यापछि फरार रहेका ती दुवै युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए।

मृतककाे फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकैकाे नालामा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शिवचरण रानाको शव फेला परेको थियो।