राजेश राना / धनगढी,१७ फागुन ।
कैलालीको गोदावरी नगरपालिका – ५ का शिवचरण( छोटो )रानाको शव परिवारले बुझ्न मानेका छैनन् । घटनामा संलग्नको पहिचान हुन नसकेको भन्दै शव बुझ्न नमानेका हुन् ।
उनको बिभत्स अवस्थामा शब भेटिएकोले रानाको हत्यामा संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै उनीहरुले शव नबुझेका अडान लिएका हुन् ।
सेती प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भएपनि अहिलेसम्म परिवारले नबुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । घटनाको अनुसन्धानका र सोधपुछका लागि १२ जनालाई नियन्त्रणमा समेत लिईसकेको उनले बताए ।
गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





