एम.वि.राना/कञ्चनपुर,१५ फागुन ।
सुक्लाफाँटा राष्ट्रिय निकुन्ज श्री देवी दल गणका सह सेनानी विनोद कार्कीले रामेश्वर माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई प्रकृति संरक्षण सम्बन्धि जनचेतनामुलक कार्यक्रमबारे जानकारी गराउनु भयो ।
नेपालमा वन तथा प्रकृति संरक्षणको इतिहाँस बारे जानकारी दिदै वन्यजन्तु र रुख चोरीशिकारी सम्बन्धि कानुनी व्यवस्था र लोपउनमुख हेने खतरा संगै संरक्षण सम्बन्धि जानकारी गराउदै वहाँले भन्नु भयो प्रकृति संरक्षणमा स्थानिय जनताको सहभागीता नभएमा त्यस्ता निकाय तथा संघ संस्थाबाट हुने संरक्षण प्रभावकारी न्युन हुने देखिन्छ बताउदै,
यसको संरक्षण तथा सम्बर्धनको लागि स्थानिय जनताको दायित्व अपरिहार्य रहेको बताए । निकुञ्ज संग सरोकारवाला सं३(संस्था, निकुञ्ज प्रशासन र हिताधिकारीहरु संग समन्वय गरि निकुञ्ज संरक्ष्ँण कार्यलाई सहयोग पुग्ने खालका जनचेतनामुलक कार्यक्रमहरु घुम्ती सिविर, वन तथा वन्यजन्तुको बारेमा प्रचार प्रसार संयुक्त रुपमा गस्ति आदि कार्यहरु गर्ने गरिएको बताए सह सेनानी कार्कीले ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सम्बन्धिंन संघसंथा, शारिरिक तथा मानसिक क्षमताको वृद्धि विकास गराउनको साथै प्रकृति संरक्षण सम्बन्धि स्थानिय स्तरमा प्रकृति संरक्षण सम्बन्धि नैतिक शिक्षा प्रदान गर्न विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी गराई निकुञ्ज प्रशासन र यस गणले सयुक्त रुपमा खेल तथा हाजिरि जवाफ कार्यक्रमहरु संचालन गर्ने गरेको छ।