धनगढी, १५ फागुन
धनगढी उप–महानगरपालिका वडा नं ७ को वडा कार्यालय भवनको शनिवार शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको शिलन्यास गरेका हुन । निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।’
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले वडा कार्यालय निर्माणलाई उप–महानगरपालिकाले प्राथमिकतामा राखेको बताईन् । कार्यालयनै ब्यबस्थीत भएन भने त्यहाँबाट सम्पादन हुने काम प्रभावकारी हुन सक्दैन उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले पनि हामीले वडा कार्यालयका आफ्नै भवनहरु निर्माण गर्न सुरु गरेका हौं ।’ धनगढी उप–महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष सिताराम रानाले वडा कार्यालयको निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी गर्न स्थानीय संग अनुरोध गरे । उनले भने, ‘यो वडाबासीको सम्पती हो निर्माण कार्य राम्रो संग सम्पन्न हुनुपर्छ ।’