धनगढी,१५ फागुन । कैलालीको गोदावरी नगरपालिका–५ गेटीका ३६ वर्षीय शिवचरण राना मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान गेटा आँखा अस्पताल नजिक उनको शव फेला परेको हो । घटना स्थललाई सिल गरेर प्रहरीले अनुसन्धान थालेको छ । रानाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
राना प्रत्यक दिन पसलबाट बिहना चार बजे भैसीकाे दुध दुहन घर आउनु हुन्थ्याे । आज ६ बजे सम्म पनि घर नपुग्दा उनकाे पत्नी पसलमा हेर्न जाँदा बाटाे नजिकाे नालामा साइल फालेकाे देखेपछि के भयाे भनेर हेर्दा उनी मृत आवस्थामा फेला परेकाे थियाे पछि प्रहरीलाइ खबर गरी बाेलायाै । भनेर जानकारी दिए मृतक दाइ झेली राना ।
अहिले जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ। अहिले प्रहरीले घटनास्थल कार्य गरीरहेको छ । द्दटनाबारे विस्तृत जानकारी भने आउन बाँकी रहेको छ ।