थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनमा एक हजार युवा मार्चपासमा उत्रिने

थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनमा एक हजार युवा मार्चपासमा उत्रिने

कैलाली, १४ फागुन । कैलालीको हसुलियामा हुन लागेको ‘शान्ति सद्भाव न्याय र अधिकारको लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ को उद्घाटन सत्रमा एक हजार युवा मार्चपासमा उत्रिने भएका छन् ।

मार्चपास सुर्मीनालादेखि हसुलिया बजार हुँदै मञ्चमा आउने मोर्चाका केन्द्रीय पवक्ता मिनराज थारुले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा सहभागिता जनाउन मेचिदेखि महाकाली सम्मका यूवाशक्ति आउने तयारी भएको छ । कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया लगायतबाट केही सहभागीहरु हसुलिया पुगिसकेको नेता थारुले बताए । कार्यक्रममा ५० हजारको सहभागीता हुने तयारी भएको छ ।

विज्ञापन