अव धनगढीमा वडाको गतिविधी नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने

अव धनगढीमा वडाको गतिविधी नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने

धनगढी, १४ फागुन
धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने ब्यबस्था गरिएको छ ।
उप–महानगरपालिकाका १९ वटै वडा कार्यालयमा सम्पादन भैरहेका कामहरु, सेवाग्राहीले सेवा लिईरहेको अवस्था नगरप्रमुखको कार्यकक्षमा जडान गरिएको कम्यूटर स्क्रीनमा देख्नि सकिने ब्यबस्था मिलाईएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधीका क्षेत्रमा उल्लेख्य प्रगती भएको बताए । वडाबाट सम्पादन गरिने कामको उप–महानगरपालिकाबाट नै अनुगमन गर्न सकिने भएको छ नगरप्रमुख वडले भने, ‘ योजनाहरुको नागरिक तहबाट अवलोकन गर्न सुझाव दिनका लागि आईएमएस धनगढी एप संचालनमा ल्याएका छौं ।’
धनगढी उप–महानगरपालिकाले खुला सरकारको अवधारणालाई पूर्ण रुपमा आत्मसाथ गरेर अगाडी बढेको नगरप्रमुख वडले बताए ।

सेयर कर दियो ।