बेला होमस्टे मेलाको सम्पुर्ण तयारी पुरा..

१३ फाल्गुन २०७७, बिहीबार
बेला होमस्टे मेलाको सम्पुर्ण तयारी पुरा..

धनगढी,१२ फागुन ।

बेला होमस्टे मेलाको तयारी पुराभएको छ । धनगढी उपमहानगर पालिका वडा नं. ११ बेला गाउँ स्थित होमस्टे मेलाको सम्पर्ण तयारी पुरा भएको छ ।

राना कला एवं संस्कृति संरक्षण समाजको आयोजनामा २०७७ फागुन १५ गते हुना गइरहेको होमस्टे मेलाको तयारी भव्यरुपमा भइरहेको छ । सुदुरश्चिम प्रदेशमा मात्र बसोबास भएको समुदाय रानाथारुहरुको होली बर्प बिशेष रुपले मनाउने पर्व हो ।

होरीपर्वको अवसरमा लोप हुदैगइरहेको रानाथारुहरुको भाषासंस्कृति संरक्षणको उद्देश्यलिई , होरी वर्पलाई पर्यटनप्रवद्घन गर्नका लागि यो बेला होमस्टे मेला हरेक बर्षको फागुन १५,१६ र १७ गते तिन दिन सम्मा

संचालन हुने गर्थ्याे भने यस बर्ष हामीले एक दिन मात्र संचालन गर्न गईरहेका छौ बताए अध्यक्ष महाबिर रानाले ।

उनले भने अहिले विश्व नै कोरोनाभइरसको अक्रान्तले गर्दा अहिले पनि जनमानसमा कोरोनाभाइसको त्रास रहेकोले यस बर्ष हामीले एक दिन मनाउन गई रहेका छौ । हामीले यस होमस्टे मेला तथा होरी पर्वको निरन्तरताको फलस्वारुप लिएका छौ बताए अध्यक्ष रानाले ।


यस मेलामा रानाथारु होरी नाच,थारु सखिया नाँच, लोकदोहरी नाँच लगायत बिभिन्न विद्यालयका विद्यार्थिहरुको प्रस्तुती रहने छ । मेलामा आउने पहुनाका लागि राना परिकार खानाको व्यवस्था पनि गरीएको छ । त्यसको लागि खानाका स्टलहरु राखिने छ । मेला अबलोकन कर्ताहरुका लागि रानाथारु घर, रानाथारुहरुको संस्कृतिमा प्रयोग हुने सरसमानहरु देखना र त्यसको बारेमा बुझ्ना पाइने छ बताए मेला व्यवस्थापन समितिका सदस्य विजय रानाले ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio