कञ्चनपुरबाट फरार प्रतिवादी पक्राऊ

कञ्चनपुरबाट फरार प्रतिवादी पक्राऊ

नरेश राना,कञ्चनपुर,११ फागुन ।
कञ्चनपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतवाट खटीएको पहरी टोलीले अबैध वन पैदावर ओसारपोसार मुद्दामा फरार रहेका कञ्चनपुरका लालझाडी गाउपालिका वडा नं. २ बस्ने २९ बर्षिय राधा राना भन्ने करन रानालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार गत बर्ष माघ १५ गतेका दिन अदालतको फैसालाले ६ महिना कैद र ३४ हजार ३ सय चालिस रुपैया जरीवाना भएका रानालाई सोमबार उनकै ठेगानामा लुकिछिपिबसीरहेकाे अवस्थामा पक्राउ गरीएको हो ।

उनलाई सोमवार नै जिल्ला अदालतमा पेश गराइको र जिल्ला अदालतबाट कैद भक्तानको लागि कारागार चलान गरीएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन