लालझाडी शिक्षा सम्मेलन एवम् अभ्यास वाटिका विमोचिन कार्यक्रम २०७७ सम्पन्न

७ फाल्गुन २०७७, शुक्रबार
लालझाडी शिक्षा सम्मेलन एवम् अभ्यास वाटिका विमोचिन कार्यक्रम २०७७ सम्पन्न

एम.वि. राना/ लालझाडी,७ फागुन ।
कञ्चनपुरको लालझाडी गाउपालीकाको आयोजनामा लालझाडी शिक्षा सम्मेलन एवम् अभ्यास वाटिका विमोचिन कार्यक्रम २०७७ सम्पन्न भएको छ ।
कार्यक्रम लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको सभापतित्वमा सम्पन्न भएको थियोे । “मूलयउन्मुख शैक्षिक वातावरण समुन्नत लालझाडी आवरण” भन्ने मुल नाराका साथ सञ्चालन भइरहको शिक्षा सम्मेलन २०७७ मा आगामी १० बर्ष भित्र विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न लक्ष्यका साथ शैक्षिक दशक २०८८को शुभारम्भ गरिनेछ ।

शिक्षाबाट नागरिकको विवेक , आर्थिक,समाजिक, संस्कृतिक सुधार तथा दिगो विकासको लक्ष्य नं. ४ अनुसार गुणस्तरिय शिक्षा पुरा गर्ने र लालझाडी गाउपालिकालाई शैक्षिक आकर्षणको केन्द्रविन्दु बनाई नागरिकको जीवनस्तर मुल्यउन्मुख बनाउने सोच राखेको छ । दुरदृष्टि कार्यान्वयन गर्ने क्रममा वि.सं. २०७८ देखि वि.सं. २०८८ सम्म शैक्षिक उत्सवको रुपमा मनाउने निर्णय गरका छौ बताए अध्यक्ष वडायक ।
वहाँले लालझाडी शिक्षा सम्मेलनका घोषणाहरु प्रस्तुत गदै भन्नुभयो
दश वर्षे शिक्षा क्षेत्र योजना निर्माण तथा कार्यान्वयन । शिक्षामा पहुच सुनिश्चतता । विद्यार्थी भर्नादर तथा कक्षा छोडने दर नयुनिकरण । , शैक्षिक क्षेत्रको जनशक्ति व्यवस्थापन तथा क्षेमता विकास ।, प्राविधिक शिक्षालय सञ्चालन तथा व्यवस्थापन ।, समाबेशि भौतिक संरचना निर्माण गर्न ।, सुचना प्रविधिलाई शैक्षिक क्षेत्रको अंगको रुपमा विकास गर्ने ।,

विद्यालय नक्सांकन तथा शैक्षिक क्षेत्रमा जनप्रवर्दधन र गुणस्तरमा सुधार गर्ने ।, नमुना वालउद्यान निर्माण गर्ने , खेलकुद ,संगित, कला शिक्षाको प्रवर्दनका माध्यमबाट शैक्षिक क्षेत्रको विशिष्टिकरण गर्ने ।, संविधान प्रदत शिक्षा सम्बन्धि मौलिक हक पूर्ण कार्यान्वन गर्ने ।उच्च शिक्षण संस्था सञ्चानल ।,शैक्षिक क्षेत्रको प्रभावकारी मुल्यांकन प्रणालीको विकास लगायत प्रधानाध्यापक र शिक्षकको कायसम्पादन प्रतिवद्धता सहितको घोषणपत्र प्रस्तुत गर्दै भन्नुभयो अध्यक्ष वडायक ।

कर्यक्रमका प्रमुअ अतिथी शिक्षा विास तथा समन्वय इर्का प्रमुख भरतभाबु सुवेदी रहनुभएको थियो ।
त्यसै गरी कार्यक्रम विशिष्ट अतिथी उपाध्यक्ष सत्यदेवी महरा रहनुभएको थियो भने कृष्णपुर नगर पालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद भट्ट , महाकाली माध्यमिक विद्यालय बेलौरीका वि.व्य.स. अध्यक्ष प्रेम सिह बोहरा ,शिक्ष विकास तथा समन्वय इकाई कञ्चनपुरका शाखा अधिकृत रुपराम तिरुवा,इजीआरपी क्षेत्रिय संयोज धर्मराज राना, सरस्वती माध्यमिक विद्यालयका प्र.अ.नन्दबहादुर रोकायले कार्यक्रमको शुभकामन दिएका थिए ।

उक्त कार्यक्रममा लालझाडी गाउपालिकाका सम्पुर्ण कार्यपालिका सदस्य , सम्पुर्ण कर्मचारी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , प्रध्यानाध्यापक ,शिक्षक , शिक्षाप्रेमी , विद्यार्थि भाइबहिनको उपस्थित रहको थियो । कार्यक्रम सरस्वती माध्यमिक विद्यालयका शिक्षक तारमणी न्याैपानेले संचालनगरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio