कञ्चनपुरमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक गम्भिर घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक गम्भिर घाइते

कञ्चनपुरकाे पुनर्वास नगरपालिका १ ढक्का पेट्रोल पम्प नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने एकजना घाइते भएका छन् । 

धनगढीबाट बेलौरीतर्फ आइरहेको ना ४४ प ९७०४ नम्बरको मोटसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका–८ कलकत्ताका २३ वर्षीया गोबिन्द चौधरीको मृत्यु भएको हाे । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

तिब्र गतिमा रहेको माेटरसाइकल हुलाकी सडक खण्ड किनारमा छरिएर रहेका गिट्टीमा चिप्लिएर पोलमा ठाेक्किएकाे प्रत्यक्षदर्शी बताउँछन् । माेटरसाइकल बिजुलीको पाेलमा ठोक्किँदा अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही मोटरसाइकलमा सवार बेलाैरी नगरपालिका ८ कलकत्ताकै २३ वर्षीय हिक्मत चौधरी रहेकोे प्रहरी निरीक्षक बिष्टले बताए । घाइते हिक्मतको दाहिने खुट्टा भाचिएकाे छ भने उनको सेती अस्पताल धनगढीमा उपचार भइरहेको छ । यस अघि पनि तिब्रगतिका कारण बेलाैरी बजारको सडकमा छरिएका गिट्टीमा माेटरसाइकल अनियन्त्रित हुदा बेलाैरी नगरपालिका ४ रिछाहका बाशु चाैधरीकाे घटनास्थलमै मृत्यु भएको थियो

विज्ञापन