धनगढी, ५ फागुन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्वास्थ्यकर्मी आफै नमुना भएर काम गरेपछि त्यसको अनुसरण अरुले गर्ने बताएका छन् ।
बुधवार धनगढी उप–महानगरपालिकाले आयोजना गरेको स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज सम्वन्धी अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दे नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । स्वास्थ्यकर्मीहरुको सामाजिक उत्तरदायीत्व बढी हुने गर्दछ नगरप्रमुख वडले भने, त्यसैले आफु नमुना भएर काम गर्नुहोला ।’
नगरप्रमुख वडले आफुले कामगर्ने स्वास्थ्य संस्थाको वरिपरि सफा राखेमा त्यसको प्रभाव समाजमा पर्ने बताए । उनले भने, ‘ त्यसैले स्वास्थ्यकर्मीहरु अरु भन्दा फरक देखिनुपर्छ ।’ नगरप्रमुख वडले आफुहरु संग उपलब्ध भएका खानेकुरा खान सिकाउने तथा कुपोषणबाट बचाउनका लागि सर्वसाधारणमा जनचेतना फैलाउने काम पनि स्वास्थ्यकर्मीहरुको रहेको बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीबहादुर चन्दले स्वास्थ्यकर्मीहरुको ब्यावहारले मात्रै पनि आधारोग निको हुने बताए । स्वास्थ्यकर्मीहरुले उपचार र परामर्श दिदा गरिने ब्यावहार बिरामीले जिवनभरी संझिने बताए । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले अभिमूखीकरण कार्यक्रमको उदेश्यका बारेमा प्रकाश पारेका थिए । अभिमूखीकरण कार्यक्रम ७ दिन सम्म संचालन हुने छ ।