धनगढी खुटिया सडक कालोपत्रे गर्न अब कसैले चाहेर पनि निर्माण रोकिँदैन , माननिय राना

धनगढी खुटिया सडक कालोपत्रे गर्न अब कसैले चाहेर पनि निर्माण रोकिँदैन , माननिय राना

धनगढी ,५ माघ विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले अब धनगढी(खुटिया सडक निर्माणले तीव्रता पाउने बताएका छन्। सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा रानाले अब कसैले चाहेर पनि सडक निर्माणको काममा अबरोध गर्न नसक्ने बताएका हुन्।

‘धनगढी खुटिया सडक कालोपत्रे गर्न टेन्डर आह्वान भइसकेको छ ।अब कसैले चाहेर पनि निर्माण रोकिँदैन’ उनले भने। आफु निर्वाचित भइसकेपछि घोषणा पत्रमै राखेको सडक निर्माणको लागि निरन्तर पहल गरेको उनले दावी गरे।

उनले धनगढी विमान स्थलमा यस वर्ष जग्गा अधिग्रहणको प्रक्रिया समेत अघि बढ्ने उनले विश्वास दिलाए। जग्गा अधिकरण पछि लगानीदाता जुटाउने समेत तयारी भइरहेको उनले जानकारी दिए। ‘म निर्वाचन भइसकेपछि धेरै प्रगति भएको छ’ उनले भने, ‘विमानस्थलको स्तर उन्नति भएको छ । अझै धेरै गर्न बाँकी हामी लागिरहेका छौँ।’

‘धनगढी नजिकै ठुला भारतीय सहर छन् यसले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्छ’ उनले भने, ‘हामीले यसको फाइदा उठाउँदै धनगढीलाई नमुना सहर बनाउने योजना बनाएका छौँ।’ उनले धनगढीको जाखोर ताल क्षेत्रमा जैविक चिडिया खाना बनाउने योजना समेत रहेको बताए।

सेयर कर दियो ।