नरेश राना , लालझाडी,१ फागुन ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज शनिवारका दिन भुमिहिन दलित भुमिहिन सुकुम्बासी लागत संकलन अभिमुखी तालिम सम्पन भएको हो ।
सो तालीममा प्रमुख अतिथिी लालझाडी गाउपालिका अध्यक्ष मदनसेन बडायक रहनु भएको थियो वहाँले भन्नु भयो“ हामी जनप्रतिनिधीले जनता संग गरेका बाचा अब पुरा हुदैछ भनी जानकारी दिनुभयो र हामी अझै जनतालाई खुशि बनाउने छौ । आउने चुनाबमा हामै विजय हुने जानकारी दिनुभयो अध्यक्ष बडायकले ।”
विशिष्ट अतिथी भुमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला अध्यक्ष सुश्री कमला बोहरा रहनु भएको थियो । वहाँले भन्नुभयो यस लालझाडी अन्र्तगत पर्ने भुमिहिन सुकुम्वासीको लागत संकलन गरेर लालपुर्जा वितरण गर्ने बताउनु भयो र फार्म भरेरा उनीहरुको मुल्याङ्कन अनुसार लालपुर्जा वितरण गर्ने बताउनु भएको हो ।
यसै गरी अतिथीमा भुमिव्यवस्था तथा सहकारी मन्त्रलय सुदुरपश्ञ्मि प्रदेशका श्री दिपेन्द्र शाह रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लागत संकलन संयोजक लालझाडीका श्री लोकेन्द्र बहादुर ऐर ले गर्नुभएको थियो । कार्यक्रमको संचालन गाउपालिकाका कर्मचारी मोली रानाले गनुभएको गियो ।