कैलाली, १ फागुन । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा भइरहेको तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार ३ खेल भएको छ ।
पहिलो खेल महिला तर्फ वडा नम्बर २ र वडा नम्बर ८ बिच हुने भए पनि वडा नम्बर ८ का खेलाडी अनुपस्थित भएकाले वाकओभर मार्दै वडा नम्बर २ विजयी भएको छ ।
त्यस्तै दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर ७ बिच भएको थियो । वडा नम्बर ७ ले शुन्यका विरुद्ध १ गोल गर्दै जित हात पारेको हो । वडा नम्बर ७ की खेलाडी बासमति चौधरी १ गोल गर्दै टीमलाई जित दिलाएकी हुन् ।
त्यस्तै पुरुष तर्फ वडा नम्बर ४ र वडा नम्बर ५ बिच भएको फुटबल प्रतियोगितामा वडा नम्बर ५ जित हात पारेको छ ।
निर्धारित समयमा १/१ गोल गर्दै बराबरीमा पुगेको खेल पेनाल्टीमा वडा नम्बर ५ ले ३ को विरुद्ध ५ गोल गर्दै जीत हात पारेको हो । वडा नम्बर ५ को जोसेप चौधरी, निराजन चौधरी, रमेश चौधरी, आदित्य चौधरी, अविष्कार चौधरीले गोल गरेका थिए भने वडा नम्बर ४ का गोविन्द विक, सुरज विक र मोहन सिके १/१ गोल गरेका थिए ।
फुटलबल प्रतियोगितामा नौ वटै वडा र कैलारी गाउँपालिकाको कार्यालयको गरी पुरुष÷महिलाको १०/१० वटा टीमको सहभागिता रहेको छ । भोलि फागुन २ गतेदेखि पुरुष तर्फ सेमी फाइनल हुने प्रतियोगिताका मिडिया संयोजक मिसन चौधरीले जानकारी दिए । कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।रासस/file photo