रानाकाे प्रयासमा बन्नेभयाे धनगढी खुटिया सडक कालोपत्रे

२८ माघ २०७७, बुधबार
रानाकाे प्रयासमा बन्नेभयाे धनगढी खुटिया  सडक कालोपत्रे

धनगढी,२८ माघ- विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको निरन्तरको प्रयास पछि धनगढी खुटिया  सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको छ ।

धनगढीदेखि हाट खोलीसम्मको साढे १३ किलोमिटर र दिपायलदेखि बाझमोडसम्म साढे ९ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर आह्वान गरेको योजना कार्यालयका योजना प्रमुख खगेन्द्र शाहीले जानकारी दिए ।

सांसद रानाले पटक पटक मन्त्रालयमा सडक निर्माणका लागि दबाब दिइरहेका थिए । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, बन मन्त्री प्रेम आलेले पनि सडक निर्माणको लागि पहल गरेका हुन । 

काङ्ग्रेस नेतृ आरजु राणालाई निर्वाचनमा पराजित गरेपछि सडक कालोपत्रे गर्ने आश्वासन दिएका रानाले आफ्नो प्रतिबद्धता पूरा गरेको स्थानीयले बताए । रानाले संसदमा पनि सडक निर्माणका लागि पटक पटक आवज उठाएका थिए ।

माननीय ज्युको पहल बाट सडक कालोपत्रे हुने भएको छ स्थानीय संजय पन्तले भने उहाले आफ्नो बाचा पूरा गर्नु भएको छ ।अर्थ मन्त्रालय अन्तरगतको बजेट तथा कार्यक्रम महाशाखाले सहमति दिएपछि कैलालीमा साढे १३ किलोमिटर र डोटीमा साढे ९ किलोमिटर कालोपत्रे हुनेछ ।

२२ किलोमिटर सडक निर्माण गर्न झन्डै ७५ करोड खर्च हुनेछ । ३० दिनको म्याद राखेर बोलपत्र आह्वान गरिएको योजना प्रमुख शाहीले जानकारी दिए ।द्रुतमार्ग अन्तरगत चार वटा ठेक्कामा भने अहिले पनि काम भइरहेको छ ।

आर्थिक वर्ष २०६५/०६६ देखि चर्चामा रहेको उक्त सडक लामो समयदेखि अलपत्र थियो । सुरुमा खुटिया–दिपायल द्रुतमार्ग भनिएकोमा अहिले जिरो प्वाइन्ट धनगढीको हसनपुर बनाइएको छ । धनगढीदेखि खुटियासम्म १० किलोमिटर सडक यसअघि पनि कालोपत्रे गरिएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio