सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

लालझाडी गाउँपालिकामा विद्युत जडान तालीम शुरु

लालझाडी गाउँपालिकामा विद्युत जडान तालीम शुरु

नरेश राना /लालझाडी,२६ माघ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालीका वडा नं. ४ मा आज बाट विद्युत जडान तालिम शुरुभएको हो ।

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र महेन्द्रनगर र लालझाडी गाउँपालिका वडा नं. ४को वडा कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा छ महिना सिपमुलक तालिम सञ्नचालन हुनेभएको छ । लालझाडी गाउपालिकाका उपप्रमुख सत्यदेवी महरा प्रमुख अतिथी रहनु भएको थियो ।

वहाँले कार्यक्रमको उदघाटन गर्दै भनीन् आजका युवाहरुलाई आप्नै ठाउँ आप्नै देशमा व्यावसायिक सिप विकास गर्न देश विदेश जान नपरोस र यस तालिम अवधिभर इमान्दारीपुर्वक तालिम लिनाका लागि अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा व्यावसयिक तथा सिप विकास तालिमका प्रशिक्षक शिवराज भट्टले आजबाट छ महिना सम्मा तालिम सञ्चालन गर्नुहुनेछ र कार्यक्रम वडा सचिब दिलेन्द्र पन्तले सञ्चालन गरेका थिए ।