एम बि राना /लालझाडी , २५ माघ
चुनाबताको वेला जनताहरु संग गरेको प्रतिबद्धता पुराहुदै गैइरहेको बताए लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडायक ।
वहाँले यो कुरा लालझाडी गाउपालिका आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उदघाटन गर्नेबेला भनेका हुन । कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ६ चान्देव स्थित स्वास्थ्य सेवा केन्द्रको भवनको एक कार्यक्रमका विच अाज समुदघाटन भएको हो ।
व्यक्तिको पहिलो आवश्यक्ता भनेको स्वास्थ्यसेवा हो त्यतिबेला हामीले भन्ने गरेका थियौ गाउ गाउमा सिहदरवार भनेको शिक्षा , स्वास्थ्यसेवाबाट जनतालाई कसरी सुवीधा दिनसकिन्छ । यस लालझाडी गाउपालिकाले यसै आर्थिक बर्षमा यस स्वास्थ्य चौकीको लागि एउटा एम्बुलेन्स खरिद गरिने छ उक्त कामको लागि हामीले कागजपत्र अगाडि बढाइसकेका छौ बतए अध्यक्ष बडायकले ।,’ वहाँले कुरा थप्दै भने १० सैयाको अस्पतालको लागि पनि संघिय सरकारवाट बजेट विनियोजन भइसको र त्यसै गरी वडा नं. ३ को स्वास्थ्य संस्थाको उदघाटन पनि अब केहिदिनमा गरिने बताए ।
वहाँले भने संघिय सरकारबाट १२ करोडको रकमको अख्यारी पनि आइसकेको छ अब केहि दिनमा चान्देव र नन्दगाउ जोडने बाटोको कालोपत्रेलागि टेन्डर हुदैछ । यसैगरी डाँगाजाँइ र पर्सिया गाउँ जोडने बाटोलागि पनि बजेट विनियोजन भइसके छ । रामेश्वर माध्यमिक विद्यालयलाई शिक्षामा अगाडि बढाउनका यसै बर्ष कम्प्युटर ल्याब र साइन्स ल्यावको लागि रकम विनियोजन भइसको छ । हाम्रो लालझाडी गाउँपालिकाको कार्यपालिकाको टिम विकासको लागि पछि परेको छैन प्रदेश सरकार , संघिय सरकार संग समन्वय गरी विकासका कार्यक्रम अगाडि बढाको बताए ।
कार्यक्रमका विश्ष्टि अतिथी लालझाडी गाउपालिका कि उपाध्यक्ष सत्यदेवी महरा रहनुभएको थियो भने अतिथिमा वडा नं. ४ का वडा अध्यक्ष बहादुर राना र वडा नं. ३ का वडा अध्यक्ष टिका राम चाैधरी , रामेश्वर माध्यमिक विद्यालयका प्र.अ रामप्रसाद जोशी , त्रिनेत्र एकेडेमीका प्रअ. धनीराम चौधरी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमका लालझाडी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष फुलराम चौधरीको सभापतित्वमा भएको थियो । वहाँले भने पहिलेको वडा नं. ६ र अहिलेको वडा नं.६ मा भएको विकास अकाश पतालको फरक रहेको कुरा बताए छन । कार्यक्रमको स्वागत लालझाडी गाउपालिकाका –६ का सदस्य शिव प्रसाद चौधरीले गरेका थिए भन्रे कार्यक्रमकाे संचालन लालझाडी स्वस्थ्य शाख प्रमुख यज्ञ बहादुर धामीले गरेका थिए ।
साेहि अबसरमे रामेश्वर माध्यमिक विद्यालयका र त्रिनेत्र एकेडेमीका विद्यार्थिभाइबहिनीहरूले नृत्यदेखाएर मनाेरञ्जन गराएका थिए ।