धनगढीमा समुदायीक कुकुरको बन्ध्याकरण

२५ माघ २०७७, आईतवार
धनगढीमा समुदायीक कुकुरको बन्ध्याकरण

धनगढी, २५ माघ
धनगढी उप–महानगरपालिकाले आईतबार देखि सामुदायीक कुकुर बन्ध्याकरण तथा रेविज रोग बिरुद्ध खोप शिविर आयोजना गरेको छ ।
सामुदायीक कुकुरहरुको संख्या बृद्धिहुन नदिन र रेविज रोग रोकथामका लागि शिविरको आयोजना गरिएको हो । शिविरमा हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराले सहकार्य गरेको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले यो सिविर २८ गते सम्म जारी राख्ने नगरप्रमुख वडले बताए । चार दिन सम्म शिविर चल्ने छ नगरप्रमुख वडले भने,‘ यस अविधीमा ४ सय सामुदायीक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य उप–महानगरपालिकाले लिएको छ ।


धनगढी उप–महानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख डाक्टर समिर ठाकुरका अनुसार आईतबार ५२ वटा सामुदायीक कुकुरको बन्ध्याकरण गरिएको छ । जसमध्य २७ वटा सामुदायीक पोथि कुकुर र २५ वटा सामुदायीक भाले कुकुर रहेका छन् । पशु स्वास्थ्य शाखाका प्रमुख डाक्टर ठाकुरले उप–महानगरपालिकाले सामुदायीक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य पुरा हुने बताए ।
बन्ध्याकरण पछि कुकुरलाई सुरशिक्ष ढंगले छोडिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio