श्री बैजनाथ आधारभुत विद्यालयमा नयाँ शैक्षिकशत्रबाट प्रविधिक विद्यालय सञ्चालन

२५ माघ २०७७, आईतवार
श्री बैजनाथ आधारभुत विद्यालयमा नयाँ शैक्षिकशत्रबाट प्रविधिक विद्यालय सञ्चालन

नरेश राना, लालझाडी,२५ माघ ।
श्री बैजनाथ आधारभुत विद्यालयमा नयाँ शैक्षिकशत्रबाट प्रविधिक विद्यालय सञ्चालन हुनेछ ।


कञ्चानपुरको लालझाडी गाउापालिकामा आज आइतबार अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समितीको भेलाबाट लालझाडी गाउँपालिकाको श्री बैजनाथ अधारभुत विद्यालय आउदो शैक्षिकशत्रबाट माध्यमिक तह कक्षा ९ प्रविधिक विद्यालय संचालन गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री लक्ष्मण रानाले बताउनु भएको छ ।

मा.वि. तहको शिक्षा सञ्चालनका लागि आवश्यक प्रक्रियाहरु पुर्वधारहरुको बारेम लालझाडी शिक्षा शाखाका प्रमुख शिद्दराज भट्टले अभिभावकहरुलाई जानकारी दिएका थिए । भेलाबाट यस विद्यालयका सम्पुर्ण अभिभावक खुशिका साथ विद्यालय टिमलाई आफुबाट हुने सहयोग दिने बताए अभिभावक चेतराज रानाले ।

विद्यालयलाई शिक्षाको लागी चाहिने भवन ,शिक्षकको व्यवस्थापन लगायतका पुर्वधार बनाउन गाउपालिकाबाट सहयोग गर्ने बताए गाउपालिका अध्यक्ष मदनसेन वडायकले। भेलाले हाम्रो यस लालझाडी गाउँपालिका स्तरिया प्रविधि शिक्षा यस क्षेत्रमा नभएकोले यो विद्यालयलाई हामी प्रविधिक विद्यालय बनाउन सक्यौ भने हाम्रा नानीबाबुले घरमा बसी बसी शिक्षा लिना सकिन्छ र ,

यस विद्यालयलाई चाहिने आवश्यक सहयोगहरु हामी बर्तामान सरकारबाट सहयोग पाउनेछौ आशा राख्दै बताए विद्यालयका प्र.अ. सुरेन्द्र बोहराले बताउनु भएको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio