कञ्चनपुरको लालझाडीमा अबैध व्रोइलर कुखुरा बरामद

कञ्चनपुरको लालझाडीमा अबैध व्रोइलर कुखुरा बरामद

नरेश राना/लालझाडी, २४ माघ ।
नेपाल प्रहरी दवरा अबैध ब्रोइलर कुखुरा बरामद गरीएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका स्थित वडा नं. ३ बाट भारतबाट ल्याउदै गरेको ब्रोइलर कुखुरा लालझाडी कस्वा चौकी बाट खटीएको टोली प्र.स.नि. धन सिं धामीको नेतृत्वमा सो कुखुरा बरामद गरी खल्डोमा पुरीएको हो । भारतीय सिमावर्ती क्षेत्रवाट चोरी छिपी नेपाल भित्रयाने क्रममा शनिवार विहान करिब ५ बजेतिर नन्दगाउँ र पर्सियाको विचमा २ क्युन्टल ब्रोयलर कुखुरा अबैध बरामद गरी नष्ट गरीने कस्वा का प्र.स.नि. धामीले बताउनुभयो । तस्करी गडी छोडेर भाव्न सफल भएको जानकारी दिए ।

विज्ञापन