धनगढीमा लैङ्गिक मैत्री उप–महानगर बनाउन अभिमूखीकरण

२३ माघ २०७७, शुक्रबार
धनगढीमा लैङ्गिक मैत्री उप–महानगर बनाउन अभिमूखीकरण

धनगढी, २३ माघ
धनगढी उप–महानगरपालिकालाई लैङ्गिक मैत्री बनाउनका लागि बिहीबार जनप्रतिनिधी, महाशाखा शाखाका प्रमुख लगायत सरोकारवालाहरुलाई अभिमूखीकरण गरिएको छ ।
कार्यक्षेत्रमा लैङ्गिक रुपमा गरिने बिभेद न्यूनिकरणका लागि अभिमूखीकरण गरिएको हो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि बिभेद हुने भएकाले अभिमूखीकरण आवश्यक भएको बताईन । निकै राम्रो छलफल भयो उप–प्रमुख भट्टले भनिन्, ‘लैङ्गिक बिभेदको मुद्धाले सबैलाई गम्भीर बनायो ।’
धनगढी उप–महानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष तयार गरेको जानकारी दिईन । यो एउटा प्रयास थियो उप–प्रमुख भट्टले भनिन्, ‘ धेरै महिला कर्मचारीहरु भएकाले शिशु स्याहार कक्ष पनि कार्यालय भित्रै बनाउनुपर्छ भन्नेमा म लागेकी छु ।’ धनगढी उप–महानगरपालिकामा अपाङ्ग सेवा कक्ष पनि निर्माण गरिएको उप–प्रमुख भट्टले बताईन ।
कार्यक्रमको सहजीकरण त्रिभूवन विश्व विद्यालय जेन्डर स्टडिजका प्रोफेसर मिरा मिश्रले गरेकी थिईन । उनले समाजमा रहेका ब्यक्तिहरु बिभिन्न किसिमको विबिधता रहेको बताईन । उनले भनिन्, ‘ बिविधता राम्रो हो तर त्यसकै आधारमा बिभेद हुनुहुदैन ।’ कार्यक्रम धनगढी उप–महानगरपालिका र एकाउन्टबिलिटी ल्यावले आयोजना गरेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio