कञ्चनपुरमा रानाथारू सुचिकृतको अवसरमा विबिधकार्यक्रम गरी मनाइयो

२३ माघ २०७७, शुक्रबार
कञ्चनपुरमा रानाथारू सुचिकृतको अवसरमा विबिधकार्यक्रम गरी मनाइयो

धनगढी ,२३ माघ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित सिमरी गाउमा सुचिकृत दिवसको अवससरमा विविध कार्यक्रम गरी भब्यरुपमा मनाइयो । रानाथारु उत्थान समनव्य मञ्चको आयोजनामा आज पहिलो रानाथारु सुचिकृत दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएका हुन । २०७६ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयले नेपालको कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आइरहेका रानाथारुलाई छुटै आदिवासी जनजातीको सुचिमा सुचिकृत गरेको हो सोहि दिनाको खुशिमा कञ्चपुरका रानाथारुहरुले आज भव्यरुपमा सुचिकृत दिवस मनाए । कार्यक्रम संस्थाका अध्यक्ष धोखे रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सांसद माननिय श्यामलाल राना रहनुभएको थियो । वहाँले रानाथारु आदिवासीजनजातिमा सुचिकृत भएको खुशिमा सबै जना धन्यवादका पात्र हुन बताए । अव हाम्रो विकासको ढोका खुलिसक्यो हामीले यस उपलब्धिलाई कसरी सदुउपयोग गर्नसकिन्छ यो विषयमा साेचिनुपर्ने बेलाआएको बताए ।


त्यसैगरी कार्यक्रमका विश्ष्टि अतिथी पुनर्वास नगर पालिकाका नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो । नेपाल सरकारले रानाथारु लाई आदिवासीजनजातिमा सुचिकृत गरेर पहिचान दिएको छ । पहिले रानाथारुहरुलाई भारतीय हुन यीनीहरु हिन्दी बोल्छन भनेर भन्दै आइरहेको कुुरा हामीसबैले सुन्दै आइरहेका थियौ तर अब पहिचान पाइसकेको बताए नगर प्रमुख थापाले । हामीले थारुहरुको भलमन्सा प्रथालाई जिवन्त दिनका लागि नगर पालिका भरीमा रहेका भलमन्सा हरुलाई बार्षिक पाँच हजार दिने व्यवस्था गरेका छौ र यसलाई विस्तारै बढाउदै लैजाने कुरा बताएका हुनु नगर प्रमुख थापा ।


त्यसै गरी अर्का विश्ष्टि अतिथि लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायक रहनु भएको थियो । वहाँले १० वर्षे जनयुद्घको परिवर्तन संगै सुचिकृतको मुद्दलाई अगाडी बढायौ जसको परिणम स्वरुप माघ २० गते रानाथारु जातिलाई आदिवासीजनजातिलाई सुचिकृत गर्न बध्य भयो । थप अधिकार प्राप्तीको लागि फेरीपनि एक जुट भएर नेपाल सरकार संग लाग्नु पर्ने बताए । राजनिक परिर्वतन विना समाज परिवर्तन हुदैन त्यसैले राजनितिमा लाग्नसुझाएका थिए वडायक ।
त्यसै गरी कार्यक्रम शुभकामना दिन नेपाल रानाथारु समाजका उपाध्यक्ष ओमप्रकास राना, पुनर्वास नगर पालिका १० का वडा अध्यक्ष सुकदेव राना , फगुनि उपन्यासका उपन्यासकार पदम राना , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्रम राना ,विभिन्न गाउबाट आएका भलमन्सा लगायतले मनत्व्य दएका थिए ।


प्रथम सुचिकृत दिवस लाई संधैको लागि यादगार बनाउनका लागि रानाथारु आजको मितिबाट अक्षयकोषको सुरुवात गरिएको छ र फगुनी छात्रवृत्रिको लोकार्पण गरी गरिवजेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान गरिएको थियो । यस वर्षको छात्रवृति सिमरी गाउकि राधिका राना र रिता रानालाई प्रदान गरिएको थियो भने सोहि अवसरमा निवन्ध प्रतियोगिता पनि संचालगरीको थियो उक्त निबन्ध प्रतियोगितमा प्रथम भागरथी राना , दृतिया शवकुमा राना र तृतिय मुना राना सन्तोनामा ज्योति राना र हंस रानालाई नगद पुरुषकाले सम्मान गरीको थियो ।


कार्यक्रमको स्वागत मन्तव्य नगर सदस्य फुल्लन रानाले दिनुभएको थियो भने संचालन संस्थाका सचिब तिर्थराज रानाले गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio