पुनर्वास,१८ माघ ।
पुनरवासमा प्रथम रानाथारु सुचिकृत दिवसकको अवसरमा माघ २३ गते कार्यक्रम हुने भएको छ । गत वर्ष २०७६ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषदले रानाथारु जातिलाई छुट्टै आदिवासी जनजातिमा सुचिकृत गरेको हो । सोहि सुचिकृत दिवसको अवसरमा रानाथारु उत्थान समन्वय मञ्चले विविध कार्यक्रम गरी भव्यरुपमा पुनर्वास नगर पालिका वडा नं. ५ स्थिती भिमसेन बाबा मन्दिरको प्रङ्गणमा विहान ११ बजे हुनेकुरा संस्थाका सचिव तिर्थराज रानाले जानकारी दिएका हुन ।
नेपाल रानाथारु समाज केन्द्रिय अध्यक्ष कृपाराम रानाले भनाइ अनुसार “नेपाल सरकार मन्त्रिपरिषदको २०७६ माघ २० गते निर्णय गरेको हुदा सोहि दिन माघ २० गते सांझ सबैले दिप प्रज्वलन गर्ने र सुचिकृत भएको अवसरमा सप्ताहव्यापि विविध कार्यक्रम गरी मनाउने बताएका छन ।,वहाँले भन्नु भयो हाम्रो केन्द्रिय समितिले सुचिकृत दिवस दिउसो विविध कार्यक्रम गरी कृष्णपुर नगर पालिकाको सभाहलमा गर्ने छौ यसको निर्णय हामी भोली बस्ने कार्यसमितीको निर्णयवाट कसरी मनाउने भन्ने कुरा सार्वजनिक गर्ने छौ जानकारी दिए ।”
सुचिकृत दिवसको अवसरमा राना थारु संस्कृत संरक्षण मञ्च धनगढी ११ वेलाले पनि सुचिकृत दिवस मनाउन कार्यक्रम गर्ने बताएका छन अध्यक्ष महाविर रानाले ।
रानाथारु संघर्षस समितीका अध्यक्ष सागर रानाले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने बताए ।
रानाथारु उत्थान समन्वय मञ्च पुनर्वासले सुचिकृत दिवस –२०७७ को अवसरमा विशेष कार्यक्रम गरी मनाउने तयारी गरीरहेको छ । कार्यक्रम गर्नका लागि राम बहादुर रानाको संयोजकत्वमा पाँच जनाको कार्यक्रम मुल तयारी समित निर्माण गरेको छ । उक्त समितिले मावि तहाको निबन्ध प्रतियोगित गराउने गराउने देखि बिभिन्न कार्यक्रम गराउने छ । प्रथम सुचिकृत दिवसको अवसरमा फगनि छात्रा छात्रबृतिको लोकार्पण र पुनर्वास रानाथारु अक्षयकोषको सुाभरम्भ गरिने बताए संस्थाका अध्यक्ष धोखे राना ।