नेपाल सशस्त्र प्रहरीद्वारा अबैध माछा र चिनि बरामद गरि नष्ट गरिएको छ

नेपाल सशस्त्र प्रहरीद्वारा अबैध माछा र चिनि बरामद गरि नष्ट गरिएको छ

एम.बि. राना /बेलाैरी,१७ माघ।

नेपाल सशस्त्र प्रहरीद्वारा अबैध माछा र चिनि बरामद गरि नष्ट गरिएको छ ।

कञ्चनपुरको बेलाैरी नगरपालिका बेलाैरी(बि.ओ.पी) बाट सशस्त्र प्रहरी नायव निरीक्षक गाेपाल महताकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले उक्त माछा र चिनि बरामद गरेकाे जनाएको छ ।

भारतीय सीमावर्ती क्षेत्रबाट चाेरि छिपी नेपाल भित्र्याउने क्रममा शनिबार स्थानबाट करिब एक क्विन्टल बराबर अबैध माछा र दुई कि्वन्टल बराबरकाे चिनि बरामद गरि मछा नष्ट गरने र चिनिलाई भन्सर गरने गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक महताले बताए । यसरी प्रहरीले धमाधम अबैध माछा बरामद गरि नष्ट गर्दा दक्षिणी क्षेत्रमा माछा र चिनितस्करहरुकाे भागाभाग चलेको छ ।

विज्ञापन