मास्टर्स पढाइ पूरा गरेर कृषि पेशा प्रति आकृषित,कृषक भण्डारी राना

१३ माघ २०७७, मंगलवार
मास्टर्स पढाइ पूरा गरेर कृषि पेशा प्रति आकृषित,कृषक भण्डारी राना

दिनेश राना/ धनगढी,१३ माघ ।

कैलालीका युवा मास्टर्स पढाइ पूरा गरेर कृषि पेशा प्रति आकृषित भएका छन ।
धनगढी उपमहानगर पालिका ७ देवहरिया गाउँमा बस्ने कृषक भण्डारी राना । वहाँ स्नाकोत्तरको पढाइ पुरा गरेर पनि कृषि पेशा प्रति आकृषित भएका छन् ।,

‘ वहाँ भन्नु हुन्छ पढानु भनेको आप्नो व्यक्तित्व विकास गर्नु हो । कुनै पनि व्यक्तिले आप्नो जिवन निर्वह कसरी गर्न चाहन्छ त्यसमा भर पर्छ । पेशा आप्नाउनु भन्दा पहिले त्यस विषयमा जानकार बन्नु आतिआवश्यक हो र त्यसको लागि तालिम लिनु पर्दछ । चाहे जुनसुकै पेशा आँगल्नुहोस तालिम अनिवर्य छ । ,

‘फेरी मेरो बुझाइ अलि फरक किसिमको छ । नोकरी भनेको जति राम्रो काम भएनि नोकर नै हो मैले पनि नोकरी गरेको थिएँ तर मलाई नोकरी गर्नु त्यति राम्रो लागेन । सब भन्दा पहिले मैले प्लाम्बरको तालिम लिए तालिम प्राप्त भइसके पछि म प्रशिक्षकको रुपमा प्रशिक्षण दिन थालेको हो ।,

‘ मैले तालिम दिएका धेरै व्यक्तिहरु कोहि विदेशमा छन त कोहि स्वादेशमै आप्नो पेशा गरेर जिकोपर्जन गरिरहेका छन । कोभिड १९ कोरोना भाइरस पछि अब के गर्नु पन्यो भनेर मैले लोकल कुखुरा पालन , बटैपाल शुरु गरे अहिले २०० जति बटै र ५०० लोकल कुखुरा छन । बेमौसमी तरकारी खेती,च्याउ खेती त हामी पहिले देखि नै राना फर्मबाट संचालन गर्दै आइरहेका थियौ ।,

यति धरै पेशा समाहल्नृ भएका कृषक राना भन्नु हुन्छ काम गर्न धरै गह्रो छैन तर कामको तालमेल मिलाउनु पर्दछ । जसरी च्याउखेति गर्दा सधै हेरी रहनु छैन साझाँविहाना हेर्ने बाकि समयमा तरकारी खेति तिर या अन्य व्यवसाय तिर समय दिने, बोइलर कुखुरा जस्तो यी लोकल कुखुरालाई स्याहर गर्नु पर्दैन । आर्को पेशा भनेको मेरो पलम्बर सम्बन्धि तालिम दिने हो , त्यो बह्रै महिना संचालन हुन्छ भन्नु छैना सिटीभिटी बाट प्राप्त कार्यक्रम अनुसार तालिम संचालन गर्छौ बताउछन राना ।
म आप्नो पेशा प्रति खुशी छु र हाम्रो चार जनाको परिवारको खर्च राम्ररी चलेकै छ बताउछन ।
वहाले खाडी मुलुक वा विदेशमा जाने युवाहरुलाई के भन्छ भने सकभर तपाइ बिदेश नजानुस यदि जाने इच्छा नै बनाइसक्नु भएको छ भने तपाइहरु तालिम लिएर मात्र विदेश जानुहोस । यसरी लिएको तालिमबाट तपाइहरुलाई दुःख हुदैन भनेर सल्ला दिनुभयो । धेरै होइन सानोबाट व्यसाय शुरु गर्नुहोस अहिले सरकारले पनि बिभिन्न अनुदानहरु दिनेको गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio