भूमिहीन सुकम्वासीको लगत संकलन लागि अभिमूखीकरण चाँडै भूमिहीन सुकम्वासीलाई जग्गा धनी बनाउछौं , नगरप्रमुख वड

१२ माघ २०७७, सोमबार
भूमिहीन सुकम्वासीको लगत संकलन लागि अभिमूखीकरण चाँडै भूमिहीन सुकम्वासीलाई जग्गा धनी बनाउछौं , नगरप्रमुख वड

धनगढी,१२ माघ ।

धनगढी, १२ माघ
धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन र प्रमाणिकरण लगायतको काममा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण तालिम दिएको छ ।
भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन गर्दा अपनाईने विधी, फराम भर्ने तरिका, फारामका किसिम, लगत संकलनमा अपनाउनुपर्ने सजकताका वडाका वडा सचिव, सामाजिक परिचालकहरु, भूमिहिन र सुकम्वासी लगत संकलन इकाई कार्यालय कर्मचारीहरुलाई अभिमूखीकरणमा गरिएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

धनगढी उप–महानगरपालिकाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका कर्मचारीहरुले सहजीकरण गरेको नगरप्रमुख वडले बताए ।
कुनैपनि भूमिहिन र सुकम्वासीहरु जग्गाधनी पूर्जा पाउनबाट छुट्नु हुदैन भन्ने हो नगरप्रमुख वडले भने, ‘ त्यसका लागि लगत संकलन देखि नै त्रुटी हुनुहुदैन ।’ भूमिहिन र सुकम्वासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेको बताउदै नगरप्रमुख वडले भने, ‘त्यो कार्यकाल भित्रै पुरा गर्ने छौं ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लगत संकलनका लागि चाडै कर्मचारीहरु फिल्डमा खटिने बताईन । अभिमूखीकरण गरिएको छ उप–प्रमुख भट्टले भनिन्, ‘लगत संकलन र पहिचानमा त्रुटी हुन नदिन यसले सहयोग पुग्ने छ ।
त्यसैगरी धनगढी उप–महानगरपालिकाले सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेर काम थालिसकेको छ । जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम सुकम्वासी लगत संकलन इकाई कार्यालयबाट हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकराज उपाध्यायले बताए । ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको छैन उनले भने, अव यो काम सम्भव हुने छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio