सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

काङ्ग्रेसद्वारा बिरोध सभा गरियाे

काङ्ग्रेसद्वारा बिरोध सभा गरियाे

एम.बि राना/लालझाडी,८ माघ ।

कञ्चनपुरको लालझाडी गाउपालिका आज देशव्यापि रूपमा संसद विघटन गरेकाे विरुद्धमा विराेध सभा गरेकाे छ। कार्यक्रमका वडा नं ६ वडा सभापति रामचन्दर रानाकाे सभापतित्वमा भएकाे थियो ।

संसद विघटन,सर्बसत्ताबाद,एकाधिकार वाद,भ्रष्टाचार र अधिनायकबाद र अनियमितता बिरुधमा आयोजनामा बिर‍ोध -यालि तथा सभा लेखिएको कालो ब्यानर र पार्टीको झण्डा लिएर नेपाली काँग्रेस वडा समितिले वडा कार्यलयदेखि सुरु गरेकाे विरोध र्याली चान्देव चाैकमा पुगेर काेणसभाकाे अायाेजना गरेकाे हाे।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेस कञ्चनपुर जिल्ला क्षेत्रिय सदस्य धारम सिह बडायक रहनुभएको थियाे वहाँले संबोधन गर्ने क्रममा भन्नू भयो कि नेपाली काँग्रेस पुरानो पार्टी हो । जनताको पार्टी हो। हामी कहिल्यै पनि भ्रष्ताचार गर्दैनौ र भ्रष्ताचारी, बलत्कारिलाई, धुसखोरीलाई साथ दिदैनौं र बचाउदैनौं । वहाँले अगाडि थपे जनताबाट अधिक मत पाएका संसद रेशम लाल चौधरी आज जेलमा छन ।वहाँ जुनसुकै पार्टीको भए पनि नेपाली काँग्रेसको सरकार भएको भए यो हुने थिएन । यो कस्तो सरकार? जहाँ पनि भ्रष्टाचार? यसको नेपाली काँग्रेस बिरोधी हो।

कार्यक्रमका बिशिष्टि अतिथी बलबहादुर के शि रहनुभएको थियो ।