धनगढी,३ माघ ।
टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन् ।
उनले शनिबार पत्रकार सम्मेलनमार्फत विद्रोहमा जाने तयारी भएको बताएका हुन् । उनले भने, ‘हामी विभिन्न पक्षहरुसंग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दैछौ ।’ उनले कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखर उच्च अदालत पठाईएको बताउँदै भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ । अहिले संसद विघटन गरेर ओलीले बेईमानी गरेको आरोप थारुको थियो । उनले सर्तसहित सरकारसंग वार्तासमेत नगर्ने बताए । जिल्ला अदालत कैलालीको आदेशपछि तीन बर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि भूमिगत रहेका छन् ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





