कृष्णपुर , ३ माघ ।
रानाथारु भाषाको व्याकरण निर्माण सम्बन्धि गोष्ठि सम्पन्न भएको छ । कञ्चनपुरको कृष्णपुर नगर पालिका ३ देखतभुलिमा नेपाल रानाथारु समाज केन्द्रिय कार्यसमितिको आयोजनामा भाषा आयोगको संयोजनमा गोष्ठि सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष तथा संविधान सभासदस्य कृपाराम रानाको सभापतित्वमा सम्पन्न भएको थियो । वहाँले, “नेपाल सरकारले भरखर मात्र रानाथारु जातिलाई आदिबासी जनजातीमा र भाषा आयोगमा सुचिकृत गरेको छ । रानाथारुहरुको अभिलेखै नभएको अवस्थामा थुपै अभिलेखि करण गर्नु पर्ने हो जस्को लागि यो पहिलो खुटकीला बताए ।”
कार्यक्रमका प्रमुख पहुना कृष्णपुर नगर पालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहनुभएका थिए । बहाँले “रानाथारु समुदाए नेपालको सुदुरपश्चिमको कैलाली र कञ्चनपुर दुई जिल्ला र छिमेकि देश भारतको केहि ठाउँमा बसोबास गर्दै आइरहनु भएको छ । तपाईहरु आप्नो पहिचानको लागि भाषा संस्कृतिको लागि ऐतिहाँसिक दस्ताबेजीकरण गर्नका लागि रानाथरु भाषाको व्याकरण लेख्दै हुनुहुन्छ यसको लागि मेरो तर्फबाट अग्रिम शुभकामन छ भन्नुभयो ।”
कार्यक्रमका विश्ष्टि अतिथी कृष्णपुर नगर पालिकाका उपप्रमुख रमिता राना रहुभएको थियो । बहाँले भन्नु रानाथारु पहिचानको लागि हामी सरकार संग लडदै आयौ र अहिले हामी अलगै जातिको रुपमा सुचिकृत भएकाछौ म यसमा धेरै नै खुशी छु बताइ सथै वहाँले भनीन जब म कक्षा आठमा पढदा मलाई स्पष्ट संग नेपाली पढन आउदैनथियो कारण हाम्रो मातृ भाषाले हो अन्य भाषा भन्दा हाम्रो भाषा फरक भएकै कारणले आज हामी शिक्षाम फडको मार्न सकिरहेका छैनौ । त्यसैले जुन यो ब्याकरण लेखनको काम शुरु भएको छ यसको लागि हाम्रो नगर पालिकाबाट हुने सहयोग गर्ने बताइन उपप्रमुख राना ।
त्यसैगरी रानाथारु भाषाको व्याकरण लेखन तथा अभिलेखिकरणको संयोजन गर्नका लागि काठमाडौँबाट त्रि.भु.भाषा बिज्ञान विभाग साहय डिन प्रा.डा. दुविन्द ढकाल , भाषा आयोगका उपसचिब गेह नाथ गौतम र भाष आयोगकै प्रा.स.डम्बर बहादुर राबलको उपस्थिती रहेको थियो उहाले व्याकरण लेखन तथा दस्ताबेजीकरणको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा कृष्णपुर नगर पालिका ८ का वडा अध्यक्ष अमर सिह राना , लालझाडि गा.पा.५ का वडा अध्यक्ष नन्दराज अबस्थि लगायत विभिन्न बिद्यालयका प्रा.अ. शिक्षक तथा गाउँका भलमन्स समाजसेवी लगायतको उपस्थित रहेको थियो ।
व्याकरण लेखन कार्यमा सहयाेग गर्ने त्रि.भु.भाषा बिज्ञान विभाग साहय डिन प्रा.डा. दुविन्द ढकाल फिल्ड अनुसंधान कर्ताकाे रूपमा राजकुमार राना र बक्ता संयाेजक कमल सिह राना रहने छन अयाेजक संस्थाले जानकारी दिनुभयाे ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कमल सिंह रानाले गरेका थिए भने कार्यक्रमको संचालन महासचिब भक्तराज रानाले गरेका थिए ।