एम बि राना ,लालझाडी २ माघ ।
कञ्चनपुरको लालझाडी गाउपालिका –४ मा चौथो माघि मिलन बृहत् कार्यक्रम तथा भलमन्स चाकार सम्मान कार्यक्रम सम्पन भएको छ ।
कार्यक्रम लालझाडी गाउपलिका तथा कार्यक्रम सह संयोजक रमेश चौधरीको सभापतित्वमा सम्पन भएको थियो । कार्यक्रम थारु समुदायको नया वर्ष माघ पर्बको उपलक्ष्यमा राखिए थियो उक्त कार्यक्रममा लालझाडि गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका भलमन्सा तथा चाकरहरुलाई नगद दिइ वहाँहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लालझभडी गाउँपालिका अध्यक्ष मदन सेन बडायक रहनुभएको थियो । बहाँले थारु समुदायको महान पर्व माघ तथा हिन्दु धर्म लम्बिहरुको मकर संक्रान्तिको हार्दिक शुभकामना दिदै भन्नु भयो “यो पर्वले सबैको रक्षा गरुन बताए,, ‘हरेक जात धर्मको आप्नो छुटै संस्कृति रहेको हुन्छ । माघि पर्वको लागि मात्र होइन हामीले हरेक जातजातिको धर्मसंस्कृति बचाउनका लागि गाउँ पालिकाबाट प्रत्येक बर्ष आर्थिक सहयोग गर्दै आइरहेकाछौ र भोलीको दिनमा पनि गर्नेछौ भन्नुभयो गा.पा अध्यक्ष बडायकले ।
बिशिष्टि अतिथी गाउपालिका उपअध्यक्ष सत्य देवि महरा रहनुभएको थियो भने माघिको शुभकामना दिन लालझाडीका गाउपालिका विभिन्न वडाका वडा अध्यक्षहरु छेमानन्द राना,हेमराज राना, टिकाराम चौधरी,बहादुर राना , फुलराम चौधरी लगायत वडा सदस्य भिमसेन रानाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संयोजक वीर बहादुर चौधरीले दिनुभएको थियो । साथै कार्यक्रममा राष्टिया कलाकार रोशन रत्गैय र रिता चौधरीले परस्तुति दिखाएका थिए । भने विभिन्न संस्कृति नाचको प्रस्तुति देखाएर कार्यक्रम सम्पन भएको थियो ।