कञ्चनपुरमा देखतभूली माघि बिशेष संस्कृति कार्यक्रम सम्पन

कञ्चनपुरमा देखतभूली माघि बिशेष संस्कृति कार्यक्रम सम्पन

नरेश राना/ कृष्णपुर , १ माघ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ देखतभुलीमा आज माघि बिशेष कार्यक्रम सम्पन भएको छ । माघि बिशेष कार्यक्रम संयुक्त युवा क्लबले आयोजना गरेको थियो भने सत्यम ट्रेडर्स एण्ड सप्लायर्स, बैजनाथ सामुदयिक वन उपभोक्ता समुह तथा देखतभुली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रयोजकमा कार्यक्रम संचालन गरीएको थियो । कार्यक्रम क्लबका अध्यक्ष लाल बहादुर चौधरीको सभापतित्वमा सम्पन भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण बहादुर हमाल रहनुभएको थियो । बहाँले थारु समुदायको महान पर्व माघ तथा हिन्दु धर्म लम्बिहरुको मकर संक्रान्तिको हार्दिक शुभकामना दिदै भन्नु भयो “यो पर्वले सबैको रक्षा गरुन बताए,, ‘हरेक जात धर्मको आप्नो छुटै संस्कृति रहेको हुन्छ र माघि पर्वको लागि मात्र होइन हामीले हरेक जातजातिको धर्मसंस्कृति बचाउनका लागि नगर पालिकाबाट प्रत्येक बर्ष सहयोग गर्दै आइरहेकाछौ र भालीको दिनमा पनि गर्नेछौ भन्नुभयो नगर प्रमुख हमाल ।


बिशिष्टि अतिथी नगर उपप्रमुख रमिता राना बडायक रहनुभएको थियो भने कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिती थियो ।
कार्यक्रमको स्वागत मन्तव्य समाजसेवी बुद्विजीवी गंगा राम चौधरीले दिनुभएको थियो । थारु समुदायको दुस्रो ठुलो पर्व माघको उपलक्ष्यमा राखिए थियो उक्त कार्यक्रममा विभिन्न संस्कृति नाचको प्रस्तुति देखाएर कार्यक्रम सम्पन भएको थियो ।

विज्ञापन