सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

सुदुरपश्चिममा दुई दिन सार्वजनिक बिदा हुने

सुदुरपश्चिममा दुई दिन सार्वजनिक बिदा हुने

धनगढी,२७ पुस ।

सुदुरपश्चिममा दुई दिन सार्वजनिक बिदा हुने भएकाे छ । प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस २९ गते र थारु समुदायको नयाँ वर्ष तथा महान पर्व माघकाे अवसरमा माघ १ गते सार्वजनिक विदा दिएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बिदाबारे जानकारी दिए।  

थारु समुदायको नयाँ वर्ष तथा महान पर्व माघकाे अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो । माघ १ गते माघे संक्रान्ति पर्ने भएकोले सरकारले हरेक वर्ष माघ १ गते सार्वजनिक विदा दिने गर्छ ।