पुर्ब मन्त्री सोडारीद्वारा जनता माध्यामिक विद्यालय भवनको उद्घाटन

पुर्ब मन्त्री सोडारीद्वारा जनता माध्यामिक विद्यालय भवनको उद्घाटन

धनगढी, पुष २७/ कैलालीको चुरे गाउपालिकामा विद्यालयको दुइ तले पक्की भवनको उद्घाटन भएको छ । चुरे गाउपालिका ४ बैसेनी स्थित जनता माध्यामिक विद्यालयको दुइतले पक्की भवन उद्घाटन भएको हो ।

भवनको आइतबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका पुर्ब सामाजिक बिकास मन्त्री दीर्घ सोडारीले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै सोडारीले विद्यालयको भौतिक पुर्बाधार संगै शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने बताए । विद्यालय ब्यबस्थापन समिती का अध्यक्ष गौरिलाल दियाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा चुरे इन्चार्ज ड्म्मर सारु, जिल्ला सचिवालय सद्स्य लोकेन्द्र शाही, नेता खडक बम, लगाएतकाले मन्तव्य राखेका थिए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा क बाट निर्वाचित सान्सद सोडारीको पहलमा दुइतले पक्की भवन निर्माण भएको हो । रासस

सेयर कर दियो ।