श्री शंकर बहुउद्देश्य सहकारी संस्था लि.को १४औँ बार्षि साधारण सभा सम्पन

२५ पुष २०७७, शनिबार
श्री शंकर बहुउद्देश्य सहकारी संस्था लि.को १४औँ बार्षि साधारण सभा सम्पन

नरेश राना /लालझाडी,२५ पुस ।

कञ्चनपुरको लालझाडी गाउपालिका स्थित शंकरपुर बहुउद्देश्य सहकारी संस्थाको बार्षिक सधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका सभा पति संस्थाका अध्यक्ष राम बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख पहुना प्रदेश सभा सचेतक तारालामा तामाङ रहनु भएको थियो भने विशिष्ट अतिथी लालझाडी गाउपालिका प्रमुख मदनसेन बडायक रहनु भएको थिया ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य उर्मिला तिरुवाले गनुभएको थियो । आ.ब. २०७६।०७७ सालको आयव्याय संस्थाका कोषाध्यक्ष खुशिराम रानाले रु ५९ लाख २० हजार २१७ बराबरको कारोबार प्रस्तुत गनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननिय तारालामा तामङले भन्नु भयो “सहकारीले गर्नुपर्ने काम सबै सहकारी सदस्यहरु एक आपस मिलि बर्षमा के के काम गर्ने भनी सरसल्लहा गरी र संस्थामा गरीने कामकाजको बारेमा प्रतिबेदन तयार गरी एक प्रति हामीलाई पनि उपलब्ध गराउनु होला , म बाट हुने सहयोग यस सहकारीलाई गर्ने प्रतिबद्घता दिनुभयो ।”

वहाँले भन्नु भयो यस सहकारीका सम्पुर्ण शेयर सदस्यहरु मिली बिभिन्न किसिमका होजियारी कार्यक्रम संचालन गरी स्वरोजगार भएर आर्थिक रुपमा बलियो बन्न सकिने सुझाब दिनुभयो ।

कार्यक्रम संस्थाका सचिब रामसहेब रानाले संचालन गर्नुभएकाे थियाे ।

याे पनि पढनु हाेस

दोदा साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक सधारण सभा सम्पन ।

कञ्चनपुरको लालझाडी ३ बल्मी मा सनिबारका दिन एक कार्यक्रमको बिच दोदा साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक सधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका सभापति संस्थाकी अध्यक्ष गामती रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सचेतक तारा लामा तामाङ रहनु भएको थियो । भने बिशिष्ट अतिथि ने.क.पा . गाउँकमिटी अध्यक्ष ओम प्रकाश राना रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गंगा देवी खत्रीले गर्नु भएको थियो ।
कार्यक्रमको आयव्याय संस्थाका प्रवन्धक गणेश रानाले प्रस्तुत गर्नु भएको थियो । वहाँले आ.ब. २०७६।०७७मा संस्थाले रु २ करोड १ लाख ७१ हजार ४४३ रुपैया बराबरको करोबार भएको जानकारी दिनुभयो । यस संस्थामा १०४ महिला समुह र ५६२ सदस्य संख्या रहेको जानकरी गराउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथीले यस सहकारी संस्थाको लागि प्रदेश सरकारबाट भवन निर्माणको लागि गत बर्ष थोरै बजेट विनियोजित गरेको थियो भने थप बजेटको लागि पनि पहल भइरहेको बताए ।
कार्यक्रमको संचालन सरस्वती ग्रमिण विद्युत सहकारी संस्थाका सचिब आशा रानाले संचालन गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio