सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

निर्मला पन्तका लागि न्याय माग्दा पक्राउ परेकालाई तत्काल रिहा गर्न काग्रेस सभापति देउबाको माग

निर्मला पन्तका लागि न्याय माग्दा  पक्राउ परेकालाई तत्काल रिहा गर्न  काग्रेस सभापति देउबाको माग

धनगढी,२४ पुस ।

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित आमसभामा ‘निर्मलाको बलात्कारी खै , लेखिएको टिसर्ट लगाएका भन्दै पक्राउ गरेका युवालाई रिहा गर्न माग गरेका छन् ।

देउवाले युवाहरुलाई प्रक्राउ गर्ने कार्य निन्दनिय भएको टिप्पणी गरेका छन् सामाजिक सञ्जाल टुयीटर मार्फत सभापति देउवाले दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य,मान्यता विपरित भएको भन्दै रिहा गर्न माग गरेका छन् ।

शुक्रबार धनगढीमा आयोजित आभसभामा उक्त टिसर्ट लगाएर पुगेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै ? र ‘जस्टिक फर निर्मला’ लेखेको टिसर्ट लगाएका थिए ।