धनगढी,२४ पुस ।
शुक्रबार धनगढी स्थित खुलामञ्चमा नेकपा ओली समुह सुदुरपश्चिमले आयोजना गरेको जनसभामा बोल्दै विघठित प्रतिनिधि सभाका माननिय नारदमुनि रानाले भने “टिकापुर घटना राजनितिक घटना हो ।
जनताका अधिकार प्राप्तिका लागि थुपै अन्दोलनहरु नभएका होइन । चाहे त्यो राणशासनका विरुद्धमा होस या पञ्चायति व्यवस्थाका विरुद्धमा या लोकतन्त्र गणतन्त्र प्राप्तिका सन्दर्भमा होस थुपै जनताहरुले ज्यानको बलिदान गरेका हुन ।
टिकापुर घटनापनि सोहि मध्यको एउटा घटना हो ।जुन नहुनुपर्ने थियो। न चाहदा नचाहदै घट्यो। म ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्न चाहान्छु।’ यसलाई जाती विशेषको अन्दोलनको रुपमा नभइकन सिङ्गो नेपाली जनताहरुको अधिकार प्राप्तिकोे राजनितिक अन्दोलनको को रुपमा लिनुपर्दछ बताए ।,,
यस घटनामा न्याय नपाएकाहरु लाई न्याय दिनुपर्दछ र म यसै मञ्बाट सम्माननिय प्रधानमन्त्रिलाई अनुरोध गर्नचाहन्छु टिकापुर घटनामा बन्दि जिवन बिताइरहेका टिकापुरका राजबन्दहरूकाे मुद्धालाई नेपाल सरकारले पुनरविचार गरोस बताए ।”