प्रधानमन्त्री ओली ,भाेली धनगढी आउने

प्रधानमन्त्री ओली ,भाेली धनगढी आउने

धनगढी,२३ पुस ।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली भोली धनगढी आउने भएका छन्।प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपा सुदूरपश्चिम ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभामा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी आउने भएका हुन्।

नेकपा सुदूरपश्चिम ओली समूहका इन्चार्ज एवंम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

उनले प्रतिनिधिसभा विघटनको कारण बताउन प्रधानमन्त्री धनगढी आउन लागेको बताए।

प्रधानममन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहको भेलालाई सम्बोधन गर्न ओली धनगढी आउने भएका हुन्।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन