बाटो बिराएका साथिहरु यतै आउने, मन्त्री भट्ट

२२ पुष २०७७, बुधबार
बाटो बिराएका साथिहरु यतै आउने, मन्त्री भट्ट

धनगढी,२२ पुस ।

नेकपा सुदूरपश्चिम (ओली समूह) का इन्चार्ज एवंम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बाटोबिराएका साथिहरु पश्चताप गर्दै यतै आउँने बताएका छन्।

नेकपा सुदूरपश्चिमको चौथो बैठकमा बोल्दै मन्त्री भट्टले कार्यकर्तालाई पार्टी निर्माणको अभियानमा जुट्न आह्वान गर्दै जनताको विश्वास जित्ने युद्ध हार्ने छुट नभएको बताए।

‘हिजो बन्दुक बोकेका थियौँ,’ मन्त्री भट्टले बैठकलाई सम्बोधन गर्दै भने,‘आज जनताको विश्वास जित्ने युद्धमा छौँ। हामीलाई यो युद्ध हार्ने छुट छैन।’

उनले भने गलत प्रवृत्ति परास्त गर्ने बेला आएको बताए । आज निरंकुस , तानाशाहा केपीओली देख्ने व्यक्ति पनि वहाँलाई जनवादी ,लोकतन्त्रीक र सुद्रीढ आत्माबल भएको नेताको रुपमा देख्नेछन बताए ।

पार्टीमा युवा पुस्तालाई स्थान दिने उल्लेख गर्दै भट्टले नेतृत्व गर्न इच्छुकका लागि ठाउँ छोड्न तयार रहेकाले नेतृत्वदायी भूमिका खेल्न क्षमता विकास गर्न समेत आह्वान गरेका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio