नेकपा परित्याग गरि ३५ भन्दाबढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

२० पुष २०७७, सोमबार
नेकपा परित्याग गरि ३५ भन्दाबढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

एमबि राना/ कञ्चपुर , २० पुस ।

कञ्चनपुरको लालझाडी गाउँ पालिकामा नेकपा परित्याग गरि ३५ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
लालझाडीमा सोमबार आयोजित नेपाली काँग्रेसको कार्यक्रममा नेता दिवान बिष्टले नेकपाका स्थानीय नेता कार्यकर्तालाई काँग्रेसमा भित्र्याएका हुन ।


सोमबार नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा लालझाडी गाउँ पालिका सदस्य विशाल चौधरीको नेतृत्वमा ३५ जना नेकपाका कार्यकर्ताहरुले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेश गर्ने विशाल चौधरी सहितका नेकपा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिस्टले टीका तथा खादाले स्वागत गर्दै प्रवेश गराएका हुन् ।


सोमबार नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्ने चौधरी शुक्लाफाँटा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका छन् ।
सोमबार लालझाडीमा आयोजित नेपाली काँग्रेसको कार्यक्रममा काँग्रेस नेता हरेन्द्रसिंह बिष्ट , गोपाल गुरुङ , जनक सिंह धामी लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम रामचन्दर रानाको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य हरिलाल चौधरिले गरेका हुन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio