कञ्चनपुर,१८ पुस ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकाका बासिन्दाको आवतजावत सहज हुने गरेर २०३ मिटर लामो झोलुड्ढे पुल बनाएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीका अनुसार दोधा नदीमा बनेको सो पुल बनाउन एक करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।
सो पुलको प्रदेश सभा सदस्य तारा लामातामाङले शुक्रबार उद्घाटन गरे । सो अवसरमा पुर्नवास नगरपालिका प्रमुख जीवनराज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायकको पनि उपस्थिति रहेको छ ।
पुल बनेपछि दैनिकरुपमा हेर्न आउनेको संख्या एक हजारको हाराहारीमा रहेको स्थानीय खेम रानाले बताए ।