कांग्रेस कैलालीले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन

१३ पुष २०७७, सोमबार
कांग्रेस कैलालीले  निर्वाचनको तयारीमा लाग्न  कार्यकर्तालाई निर्देशन

धनगढी,१३ पुस।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार धनगढीमा प्रदर्शन गरेको  छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद‍् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको हो ।

धनगढीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै जिल्ला सभापति नरनारायण शाह (मनू)ले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए। तर उनैले निर्वाचन हुनेनहुनेमा अन्यौल्ता रहेको बताएका छन्। नेकपामा आन्तरिक कलह भएकाले निर्वाचन नहुने उनको दाबी थियो। निर्वाचनमा गए नेकपालाई जनताले भोट नदिने उनको तर्क छ।

यस्तै सभालाई सम्बोधन गर्दै धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्। उनले भने, ‘हामीले गरेका काम लगेर निर्वाचनमा जाने हो। नेकपाले जनमतको कदर गरेको छैन्। उनीहरुलाई अब जनताले भोट दिदैनन् बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio