सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

प्रधानपन्त्री ओली नेपाली जनता माथि विश्वासघात गरे ,नेता भिम रावल

प्रधानपन्त्री ओली नेपाली जनता माथि विश्वासघात गरे ,नेता भिम रावल

कैलाली,१२ पुस ।

नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता माथि विश्वासघात गरेको आरोप लगाएका छन् ।

धनगढी पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् । उनले जनतालाई धोका दिने र विश्वासघात गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर देश र जनताप्रति गम्भिर घात गरेको रावलको आरोप थियो । ओलीले स्थायी कमिटीको बैठले गरेका निर्णय कार्यान्वयन गर्न पनि वेवस्ता गरेको बताउँदै वर्तमान सरकारलाई काम गर्न दिईएन भन्नु लज्जासपद भएको प्रतिक्रीया दिए ।