काठमाडौँ,१० पौष कैलाली ।
कैलालीबाट मात्रै नेकपाको ओली समूहमा २० जना केन्द्रीय सदस्य थपिएका छन् । तत्कालीन अवस्थमा ५ जना केन्द्रीय सदस्य रहेको कैलालीमा ओली समूहले २० जना थप गरेर २५ जना पुराएको हो ।
साबिक माओवादीका लेखराज भट्ट, साबिक एमालेका नारदमुनि राना, लीला भण्डारी, दीपक देवकोटा र महेश्वर पाठक मात्रै रहेका थिए ।
हाल राजेशकुमार खाती,नेपालु चौधरी,रण बहादुर चन्द, रतन थापा, रतन रेग्मी, गोमा आचार्य,कमला ओली, समबहादुर थापा,रुकमणी देवकोटा, सन्तोस शर्मा,ममता प्रसाद चौधरी,हरिसिंह साउद, डिल्लीराज भट्ट,पदम सिंगाल, विष्णु चौधरी,डेजी पाण्डे, जीवन्ती पौडेल,यज्ञराज बास्तोला, कमला शाही र नवलसिंह रावल चयन भएका छन् भने केन्द्रीय सदस्यमा केही साबिक माओवादीबाट थप गरिने जनाइएको छ ।