धनगढी १५ मा सुनौलो हजार दिन सुत्केरी आमाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण

१० पुष २०७७, शुक्रबार
धनगढी १५ मा सुनौलो हजार दिन सुत्केरी आमाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण

दिनेश राना/ धनगढी, १० पुस ।

कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. १५ ले सुनौलो हजार दिन कार्यक्रम अन्तरगत सुत्केरी आमाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरेको छ ।

उक्त कार्यक्रम वडा अध्यक्ष फुलराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । वडामा रहेका सुत्केरी आमाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरेका हौँ बताए अध्यक्ष चौधरीले । सहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वयमसेवीकाको सहयोगमा १२१ जना सुत्केरी आमाहरुलाई कुखुराको अण्डा १ क्रेट, अरहरको दाल २ केजी र शुद्घतोरीको तेल आधा लिटरकाे पोका गरी पौष्टिकयुक्त खानेकोरा वितरण गरेको बताए ।


सोहि कायक्रममा घरधुरी सर्वेक्षण तथा परिवारिक लागत विवरण २०७७ भाग १ र २ नामक पुस्तको विमोचन गरे अध्यक्ष चौधरीले । विमोचन गर्दै वहाँले भने “धनगढी उपमहानगर पालिकाको १५ नं. वडामा रहेका वडाबासीहरुको व्यक्तिगत विवरण , घरधुरी सर्वेक्षण तथा परिवारीक लागत लगायत विवरणहरु संकलन गरी यस किताबमा राखिएको कुरा बताए ।”

“यो कितावको माध्यमबाट वडामा भएको आवस्थाको बारेमा जानकारी दिनको लागि पुलको काम गरिनेछ बताए । यस किताबले प्रमाणमा आधारित स्थानिय शासन संचालनमा महात्वपुर्ण भुमिका रहने छ भने अध्यक्ष चौधरीले ।”

Wedding Story advertisement Of Jems Movies & Photo Studio