धनगढी,७ पूस ।
नेकपा कैलालीको अध्यक्षमा दिर्घ सोडारीको पुनर्बहाली भयको छ । आज बसेको नेकपाको बहुमत सहितको केन्द्रीय कमिटीको बैठकले सोडारीलाई पुर्ववत जिम्मेवारी सहित कारबाही फुकुवा गरेको नेकपा सम्वद्व स्रोतले जनाएको छ ।
दुई वर्ष अघि सोडारीलाई पार्टीले कार्बाही गरेको थियो । सोडारीलाई २०७५ कार्तिक १६ गते कारवाही गरिएको थियो । काठमाडौंमा जारी नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि प्रदेश सभा सदस्य समेत रहेका पूर्व जिल्ला अध्यक्ष सोडारीलाई पुनर्बहाली गरिएको हो ।
भने प्रदेश सभा सदस्य समेत रहेका नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापालाई हटाएर सोडारीलाई जिम्मेवारी दिएको छ ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





