नेकपाकाे अध्यक्षबाट ओलीलाई हटायो

नेकपाकाे अध्यक्षबाट ओलीलाई हटायो

काठमाडौं ७ पुस ।
प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको छ ।
आज राजधानीमा प्रचण्ड–नेपालको केन्द्रिय कमिटिीले उनलाई पार्टी अध्यक्षबाट हटाएको हो । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो ।
ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

विज्ञापन