उच्च अदालतको फैसला विरुद्ध कैलालीमा प्रदर्शन

५ पुष २०७७, आईतवार
उच्च अदालतको फैसला विरुद्ध कैलालीमा प्रदर्शन

धनगढी, ५ पुस । टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध जनता समाज पार्टीले कैलालीको भजनीमा विरोध प्रदर्शन गरेको छ ।

अदालतको फैसला विरुद्धमा संयौंको संख्यामा रहेका प्रदर्शनकारीले नाराबाजी गर्दै आइतबार प्रदर्शन गरेका हुन्। उनीहरुको प्ले कार्डमा लेखिएको छ, ‘३४,४४१ जनमतको कदर गर, लाल आयोगको प्रतिवेदन सार्वज्निक गर। कदर गर। थारु पहाडी, मधेसी हामी सबै नेपाली। रेशम चौधरीलगायत विरुद्ध लगाइएको मुद्दा खारेज गर।’ लेखिएको थियो ।

कार्यक्रममा पूर्व सांसद कृष्ण चौधरीको प्रमुख आतिथ्यतामा जसपाका नगर समितिको संयोजक डिल्लीराज जोशी, थारु नेता केवल थारु, मुक्त कमैया समाजको अगुवा दिलरानी चौधरी, गंगाराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio