अत्तरिया चाेकमा ‘डमी ट्राफिक प्रहरी’

अत्तरिया चाेकमा ‘डमी ट्राफिक प्रहरी’

कैलाली,१ पुस ।

कैलालीको अत्तरिया चोकमा बर्दी लगाईएका ‘डमी ट्राफिक प्रहरी’ राखिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले चोकको चारै कुनामा बर्दी लगाएका ‘डमी ट्राफिक प्रहरी’ राखेको हो ।

यसअघि सामान्य प्लाईउडमा प्रीन्ट गरेर बनाईएका ‘डमी ट्राफिक प्रहरी’ राखिएकोमा यस पटक भने बर्दी लगाउन मिल्ने ‘डमी ट्राफिक प्रहरी’ राखिएका हुन ।

अहिले राखिएका ‘डमी ट्राफिक प्रहरी’ टाढाबाट हेर्दा बास्तवित ट्राफिक प्रहरी जस्तै देखिने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक बामदेव गौतमले बताए हुन ।

विज्ञापन