शिक्षा क्षेत्रको बिकासको लागि प्रतिबद्ध : पुर्व मन्त्री सोडारी

शिक्षा क्षेत्रको बिकासको लागि प्रतिबद्ध  : पुर्व मन्त्री सोडारी

कैलाली,३० मंसिर ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासीपुर स्थित श्री सरस्वती माध्याकि विद्यालयको ४ कोठे पक्की भनवको उद्घाटन भएको छ । सुदूरपश्चिमका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमका विच मंगलबार उद्घाटन गरे ।

सोही क्षेत्र बाट निर्वाचित सांसद सोडारी आफु मन्त्री रहदाँ उहाँको पहलमा समाजिक विकास मन्त्रालयको लगानी निर्माण भएको हो । कार्यक्रममा बा्ेल्दै पुर्व मन्त्री सोडारीले शिक्षाको विकासको लागि आफु सधैं प्रतिबद्ध भएर लागेको बताउदै शिक्षा क्षेत्रको भौतिक सुधार संगै गुणस्तरमा समेत ध्यान दिन पनि विद्यालय व्यवस्थापन समिति , शिक्षक , अभिभाबक एक भएर लाग्न समेत आग्ररह गर्नु भएको थियो ।

सोडारीले फरक सन्दर्भमा बोल्दै यस क्षेत्रको विकास जिम्मेवारी मेरो भएको र मैले चुनावी समयमा उठाएका सबै योजना कार्यन्यन गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरत बहादुर रावल को अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष पदम बहादुर ऐर , नेकपा कैलालीका सचिवलय जिल्ला सदस्य लोकेन्द्र शाही, खड्क रावत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु , कार्यपालिका सदस्य लगाएतले शुभकामना मन्ततव्य राखेका थिए । कार्यक्रममा महिला हिसाँ विरुद्ध १६ दिने अभियानमा सञ्चालन गरेका कार्यक्रमका विभिन्न बिधामा प्रथम , दिर्तिय , तिर्तिय स्थान हासिल गरेका विद्यार्थी हरुलाई पुस्कार वितरण विद्यालयको बिकासको लागि विभिन्न क्षेत्र बाट सहयोग गरेका व्यक्तिहरु सम्मान पनि गरिएको थियो 

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन